२२ बर्ष पहिले साहु, महाजन तथा जिम्दारी र बँधुवा मजदुर, कमैया–कमलरी प्रथाले जगडिएको बर्दियाको पिछडिएको ग्रामिण समुदायमा स्थापित सगुन साकोस सदस्यहरुको अटल विश्वास र प्रगाढ मायाले गरेको योगदानबाट संस्थाको आफ्नै भवनबाट सदस्यहरु माझ बचत, ऋण, विप्रेषण तथा बीमा जस्ता वित्तीय सेवाका साथ संचालन भई रहेको छ । सदस्यहरु कै आड र भरोसामा सुरक्षित वित्तीय संस्थाको भरपर्दो विकल्पको आशा केन्द्र बनिरहेको छ । सहज र सुलभ गुणस्तरिय सेवा मार्फत सदस्यहरुको सन्तुष्टी र जीवनस्तर सुधारलाई प्राथमिकता दिदै जोखिम व्यवस्थापन गर्दै सुशासित सक्षम र दिगो संस्था बनाउन नीति, विधी र प्रविधिको प्रयोग तथा असल अभ्यासहरु अनुसरण गर्दै व्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ ।
अझ प्रभावकारी व्यवस्थापन तथा संचालनका लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकबाट रचनात्मक सुझाव सल्लाह प्रदान गरी मार्ग निर्देशन गरी दिनुहुन विनम्र अनुरोध छ । हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टीमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिबद्ध छौं ।