साकोसको अल्पकालीन उद्देश्यः
- सदस्यहरुलाई व्यवसायिक बनाउन उत्प्रेरणा प्रदान गर्ने
- सदस्यहरुलाई उद्यमशील बन्नको लागि अभिप्रेरित गर्ने
- कृषि व्यवसायका लागि सुलभ र सहुलियत ब्याजदरमा ऋण लगानी गर्ने
- सदस्यहरुलाई निरन्तर सहकारी शिक्षा, वित्तीय साक्षरता तथा वित्तीय परामर्श प्रदान गर्ने
- साना तथा घरेलु उद्योग विकासका लागि सहुलियत ऋणको व्यवस्था गर्ने
- वित्तीय रुपमा दीगो, सक्षम एवं सबल रुपमा स्थापित गर्न वित्तीय सूचकहरुको संस्थाको अलग्गै स्तर निर्धारण गरी काम गर्ने
- सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने
- नीतिहरु अद्यावधिक गर्ने
- सामूहिक रोजगारमूलक योजनामा लगानी गर्ने
- नियमनकारी निकायमा तोकिएको समयावधिभित्र तोकिएको ढाँचामा प्रतिवेदन बुझाउने
साकोसका दीर्घकालिन उद्देश्यः
- संस्थामा संलग्न सदस्यहरु र समुदायबीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको भावना विकास गरी नियमित बचत गर्ने बानीको प्रर्वद्धन गर्ने ।
- सदस्यहरुबाट नियमित रुपमा निक्षेप प्राप्त गर्ने, निक्षेपमा बजारको अवस्था अनुसार ब्याज प्रदान गर्ने ।
- उत्पादनशील, आयमूलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरुलाई प्रतिस्पर्धी बजार दरमा ऋण प्रदान गर्ने ।
- आत्मनिर्भरता तथा आत्मविश्वाससम्बन्धी धारणाबारे सदस्यहरुलाई उत्प्रेरित गर्ने ।
- सम्बन्धित निकायबाट स्वीकृती लिई दातृसंस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्नु ।
- सदस्यहरुलाई आय–आर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउनुका साथै वित्तीय परामर्श तथा उद्यमशीलता विकासमा सहयोग गर्ने ।
- सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका अन्य क्रियाकलाप सञ्चालन गर्ने ।
- संस्थागत उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरुसँग सहयोगात्मक भावना राख्ने ।
- सदस्यहरुको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियमहरु र यस विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्यसञ्चालनका साथै चल–अचल सम्पत्ति आर्जन गर्ने लगायतका कार्य गर्ने ।
- समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक तथा सामाजिक उत्थानमा मैत्रीपूर्ण सहयोग पु¥याउने ।
- बीमा कम्पनीसँगको सहकार्यमा एजेन्सी लिई जीवन र निर्जिवन बीमा कार्यक्रम सञ्चालन गर्ने ।
- सदस्यहरुमा स्वालम्बनको ज्ञान पारस्परिक सहयोग र मितव्ययिताको भावना सृजना गर्ने र बचत गर्ने बानीको बिकास गर्ने ।
- पूँजीको अभावको कारण आफ्नो सीप र कार्यक्षमतामा उपयोग गर्न असक्षम सदस्यलाई नियमपूर्वक पूँजीको व्यवस्था मिलाईदिने ।
- सदस्यहरुबाट बचत संकलन गरी सो बचत बचतकर्ता समूहहरुभित्रै उत्पादनशील र अत्यावश्यकीय कार्यमा सुलभ ब्याजदरमा परिचालन गरी पूँजीको सदुपयोग गर्ने ।
- समान उद्देश्य भएका सहकारी संस्थाहरुबिच समन्वय विस्तार गरी एक आपसमा पारस्परिक सहयोग तथा सेवा आदानप्रदान गर्दै एकीकरणको पहल गर्ने ।
- संस्थाले आधुनिक प्रविधिहरु भि†याएर अत्याधिक कार्य गर्न मिल्ने गरी मोबाइल बैंकिङ्ग सेवाहरुको विकास गर्ने ।
- कार्यक्षेत्रभित्रका कम्तीमा ३० प्रतिशत जनसंख्या समेट्ने गरी सदस्यता विस्तार गर्ने ।
- साधारण जनताका आर्थिक अवस्थाको विकास र प्रबद्र्धनमा समर्पित राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनहरुको दाँजोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रीय संघको सदस्या ग्रहण गर्ने ।
- सदस्य तथा संस्थागत विकासका लागि आय आर्जनमूलक परियोजना सञ्चालन गर्ने ।
अन्य संघसंस्थाहरुबाट ऋण लिने र दिने । - समुदायमा वित्तीय सेवा प्रदान गर्न विप्रेषण (रेमिटान्स) सञ्चालन गर्ने ।
- विद्युतीय सेवा वित्त सेवा (मोबाईल बैंकिङ्ग सेवा जस्तै बिल भुक्तानी, रिचार्ज, हवाई टिकट सेवा) प्रदान गर्ने ।
साकोसको रणनीतिक लक्ष्यः
- सुरक्षित तथा पर्याप्त भौतिक संरचना
- कुशल नेतृत्व
- पर्याप्त संख्यामा दक्ष तथा व्यवसायिक जनशक्ति
- वित्तीय रुपमा अनुशासित र उद्यमशील सदस्य
- नीति, विधि र आधुनिक प्रविधिमा आधारित उत्कृष्ट सेवा प्रवाह
- सभ्य, सुसंस्कृत एवं समुन्नत समाज