सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वि. सं. २०५३ साल चैत २४ गते डिभिजन सहकारी कार्यालय बर्दियामा विधिवत दर्ता भई वित्तीय सहकारी संस्थाको रुपमा स्थापना भएको हो । ग्रामीण समुदायमा छरिएर रहेको सदस्यहरुको श्रम, सीप र पुंजीलाई संगठित गरी सदस्यहरुकै सामाजिक, आर्थिक, सांस्कृतिक एवम् वातावरणीय विकासमा लगानी गर्ने मुल ध्येय रहेको छ । ५ जना महिला र २४ जना पुरुष गरी २९ जना शेयर सदस्यहरुबाट स्थापना भएको यस संस्थाको हाल सम्मको अवस्था यस अनुसार रहेको छ ।
नामः सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ठेगानाः ठाकुरबाबा नगरपालिका, वडा नं. ५, शाहीपुर बर्दिया
दर्ता नं.: ४–३४(७) ०५३/०५४
स्थायी लेखा नं.: ३०३२९५८००
कार्यक्षेत्र : साविक गा.वि.स. बगनाहा, नेउलापुर, सुर्यपटुवा,ढोढरी र बनियाभार सो अनुसार ठाकुरबाबा न.पा. वडा नं. १,२,३,४ र ५ , मधुवन न.पा. वडा नं. १,२,३ र ४ तथा बारबर्दिया न.पा. वडा नं. १,२ र ३